मल खोज्न जाँदा ३८ दिन जेलमा बिताएका किसानको कथा

२३ साउन ८३, शनिबार

२३ साउन , काठमाण्डौ ।

Advertisement

एकातिर मलको हाहाकार छ, अर्कोतिर ग्यासको लाइन उस्तै लामो छ । पासपोर्ट बनाउने ठाउँमा पुग्यो, त्यहाँ देश छोड्न चाहने युवाहरूको उस्तै कहालीलाग्दो भीड छ । ुपुरानाले काम गरेनन्, अब नयाँले केही गर्छन् किु भनेर जनताले नयाँ अनुहारहरूलाई सत्तामा पुर्‍याएको पनि धेरै भएको छैन ।

तर, विडम्बना १ जनताका दुःख र सास्ती ज्यूँका त्यूँ छन् । नेता फेरिए, तर जनताको भाग्य फेरिएन । आशा गरे अनुसारका कामहरू पटक्कै हुन सकेका छैनन् । देशको यही अस्तव्यस्तता र राज्यको बेवास्ताको सबैभन्दा दर्दनाक सिकार बनेका छन्— सर्लाही, बलरा–५ का दुई दाजुभाइ सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह ।

Advertisement

असारको महिना थियो । आकाशबाट पानी परेपछि खेतमा धान रोप्न हिलो तयार पारिएको थियो । मानो खाएर मुरी उब्जाउने यो चटारोमा किसानको हातमा मल थिएन । देशका गोदामहरू रित्ता थिए । नेताहरू सत्ताको गणितमा व्यस्त हुँदा खेतमा हिलो सुक्न थालिसकेको थियो ।

आफ्नै माटोमा उब्जनी बढाउने रहर कुन चाहिँ किसानलाई हुँदैन र रु खेत बाँझो राख्न मनले मानेन । त्यसैले, राज्यले मल दिन नसकेपछि उनीहरू बाध्यताले सीमा पारि भारतको सीतामढी जिल्लास्थित सोनबर्षा बजार पुगे— केही बोरा डिएपी र युरिया मल ल्याउन ।

Advertisement

तर, उनीहरूले किनेको त्यो मल खेतसम्म कहिल्यै पुगेन । असार १७ गते मल लिएर फर्किंदै गर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले उनीहरूलाई पक्राउ गर्‍यो । भोलिपल्ट, असार १८ गते उनीहरूलाई जेल चलान गरियो । एउटा किसान, जसको अपराधु केवल आफ्नो खेतमा हाल्ने मल खोज्नु थियो, उसलाई विदेशी भूमिमा अपराधीलाई झैं जेलको अँध्यारो छिँडीमा पुर्‍याइयो ।

यता खेतमा हिलो सुक्दै गयो, उता परिवारको आँसु सुकेन । मल किन्न छिमेकी देश गएका ती दुई किसान ३८ दिनसम्म अर्काको देशमा जेलको जन्जिरभित्र कैद भए । लामो र कष्टकर पर्खाइपछि बल्लतल्ल सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेशकुमार झाको एकल इजलासले बुधबार उनीहरूलाई धरौटीमा छाड्ने आदेश दियो ।

किसानहरूको तर्फबाट वकिलहरू सञ्जयकुमार झा र किरण चौधरीले कानुनी लडाइँ लडेका थिए । अन्ततः, अदालतको आदेशअनुसार शुक्रबार साँझ सवा ७ बजेतिर भारतीय प्रहरीले उनीहरूलाई थुनामुक्त गर्‍यो ।
आमा र भाइ, बुबा र ठूलो बुबालाई लिन डुमरवा जानुभएको छ, ३८ दिनपछि बुबा जेलमुक्त भएको खबर पाउँदा सुरेशप्रसादका छोरा अविनाश सिंहले भावुक हुँदै भने । आज उनीहरू घर त फर्किंदैछन्, तर ३८ दिनको त्यो कहालीलाग्दो भोगाइले उनीहरूको मनमा कस्तो गहिरो चोट छाडेको होला रु मल किन्न सीमा पारि जानु उनीहरूको रहर थिएन, राज्यले सिर्जना गरिदिएको निर्मम बाध्यता थियो ।

नयाँ र पुराना सत्ताको खेलमा रुमल्लिएको देशले यी निमुखा किसानको आँसु कहिले देख्ने रु आज सुरेश र नागेन्द्र त जेलमुक्त भएर आफ्नो आँगनमा टेक्दैछन्, तर राज्य संयन्त्रतर्फ फर्केर एउटा गम्भीर प्रश्न भने ज्यूँको त्यूँ उभिएको छ— के आफ्नै खेतमा मल हाल्न खोज्नु यो देशमा यति ठूलो अपराध हो रु

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top