काठमाडौं, साउन २५– दाइजो प्रथा अन्त्यका लागि मधेशबाट ‘दाइजोमुक्त नेपाल’ राष्ट्रिय अभियान सुरु गरी देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच छलफल भएको छ।
मन्त्रालयमा भएको छलफलमा दाइजोविरुद्ध जनचेतना विस्तार, ‘दाइजो नलिने, नदिने’ संस्कारको विकास तथा युवा, स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज र सञ्चारमाध्यमलाई अभियानमा जोड्ने विषयमा सहमति भएको हाे।
मन्त्री बादीले दाइजो प्रथा अन्त्य सरकारको मात्र नभई समाजकै साझा अभियान बनाउनुपर्ने बताउँदै प्राप्त सुझावका आधारमा अभियानलाई क्रमशः देशव्यापी बनाइने जानकारी दिइन् ।




