काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेमा राजनीतिक परिपक्वता देखिँदै गएको बताएका छन्।
सोमबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले सुनसरीको हिन्दू–मुस्लिम विवाद समाधानका लागि लामिछानेले विभिन्न दलसँग गरेको संवादको प्रशंसा गरे।
साथै प्रचण्डले बालेन्द्र शाह नेतृत्वको सरकार दिशाहीन बनेको र लामो समय नजाने दाबी गरे। उनले सरकारलाई ‘समुद्रमा कम्पास हराएको जहाज’को संज्ञा दिँदै दुर्घटनाको नजिक पुगेको टिप्पणी गरे।




