मन्त्रिपरिषद्का ५ निर्णय : विद्युतीय एम्बुलेन्स र शववाहनमा कर छुटदेखि एनसेल प्रतिवेदन सार्वजनिक गर्नेसम्म

२६ साउन ८३, मंगलबार

काठमाडौं- सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शववाहनमा लाग्दै आएको स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८३ साउन २६ गते बसेको बैठकले विद्युतीय एम्बुलेन्स र शववाहनलाई कर छुट दिने निर्णय गरेको हो।

Advertisement

बैठकले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका पाँच जनालाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ। सहिद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिराहाका गनेशकुमार यादव रहेका छन्।

यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

Advertisement

सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top