काठमाडौं- पूर्वअर्थमन्त्री एवं नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेको परिवारले एक करोड रुपैयाँ दान गरेको छ। उनको निधनपछि परिवारले पाण्डेको इच्छाअनुसार तीन सामाजिक संस्थालाई उक्त रकम दान गरेको हो ।
पाण्डेकी छोरी डा. प्रिनिति पाण्डेले मार्टिन चौतारी, नर्थसाउथ कलेक्टिभ्स र अर्को एक सामाजिक संस्थालाई बराबर हुने गरी रकम प्रदान गरेकाे उल्लेख छ। उक्त रकम आज सम्बन्धित संस्थाका प्रतिनिधिलाई हाँडीगाउँस्थित निवासमा हस्तान्तरण गरिएको छ।
नेपालमा अनुसन्धान, समता, न्याय र मानवअधिकारको उन्नयनमा केन्द्रित संस्थाहरूलाई उक्त रकम दान गरिएको जनाइएको छ। ८७ वर्षको उमेरमा गत साउन १ गते पाण्डेको निधन भएको थियो।








