कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

२८ साउन ८३, बिहीबार

काठमाडाैं- कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता (PSBK) अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ।  खुमा पौडेलका श्रीमान दुर्घटनाजन्य निधनपश्चात् परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि बैंकले दश लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो। उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

Advertisement

कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बैंकको अपेक्षा छ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा तथा बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएका यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा उनीहरूका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने बैंकले जनाएको छ।

Advertisement

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३ सय २१ एटीएम तथा ४ शाखारहित बैंकिङ बिन्दुमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले देशका विभिन्न स्थानमा सहज, सुरक्षित तथा गुणस्तरीय बैंकिङ पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतासहित सहरी, अर्ध–सहरी तथा ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ। साथै, ग्राहकको वित्तीय सुरक्षा सुदृढ बनाउन विभिन्न निक्षेप, बीमा तथा बैंकिङ सेवासमेत सञ्चालन गर्दै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top