१ भदौ , काठमाण्डौ ।
नेपाल आयल निगमले आजै अर्थात् भदौ १ गतेदेखि ग्यास वितरणमा नयाँ र व्यवस्थित प्रणाली लागू गरेको छ । निगमले ग्यास वितरणलाई पारदर्शी बनाउन ५ बुँदे कडा निर्देशन जारी गरेको छ ।सम्बन्धित ग्यास उद्योगका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गनुका साथै उद्योग तथा विक्रेतालाई दैनिक विवरण बुझाउनु र घरेलु प्रयोजनलाई प्राथमिकता दिन निर्देशन दिएको छ।
आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगमले आइतबार सूचना प्रकाशित गर्दै आज ९भदौ १ गते०देखि सम्बन्धित उद्योगहरूले नियुक्त गरेका बिक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको हो ।

ग्यास सिलिण्डर आवश्यक भएका उपभोक्ताहरूले आफूलाई पायक पर्ने ग्यास बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न पनि निगमले आग्रह गरेको छ । ग्यास वितरण कार्यलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन निगमले पाँच बुँदे सूचना पनि जारी गरेको छ ।
ग्यास उद्योगहरुले दैनिक विक्री गर्ने विक्रेता वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्या सहितको विवरण निगममा प्रत्येक दिन बिहान ९ बजे भित्र उपलब्ध गराउने निगमले भनेको छ।
त्यसैगरी ग्यास बिक्रेतारवितरकले विक्री गरेको ग्याँसको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्वर सहितको विवरण दैनिकरुपमा तयार पारी अनिवार्य रुपमा सम्बन्धित उद्योगहरुलाई उपलब्ध गराउनुपर्ने र सम्बन्धित उद्योगले नेपाल आयल निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।
यस्तै, ग्यासको बिक्री वितरण गर्दा अत्यावश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्ताहरुलाई उच्च प्राथमिकतामा राखी बिक्री वितरण गर्नुपर्ने, ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको छ ।
त्यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्तिसमेतको संयुक्त टोलीबाट समेत ग्याँसको वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ। नजिकका बिक्रेतावाट कुनै कारणवस ग्यास प्राप्त गर्न नसकेमा र तत्काल अति आवश्यक परेका उपभोक्ताले निगममा संचालनमा रहेको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को मोबाइल नम्बर ९८५१४५५१२४ र ९८५१४५५१२८ मा सम्पर्क गर्नसमेत निगमले आग्रह गरेको छ ।
यसैबीच, नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० भन्दा बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ ।
विक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौँ र भक्तपुरका १० स्थानबाट विभिन्न कम्पनीको ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो । शनिबार काठमाडौँको टेकु, बबरमहल, चाबहिल, कीर्तिपुर र वसुन्धारामा ग्यास बिक्री वितरण गरेको हो ।
अतिआवश्यक उपभोक्ताका लागि आइतबार टेकु, बुढानीलकण्ठ, कीर्तिपुर, नयाँबजार, तारकेश्वर, चन्द्रागिरि र ठिमीबाट विभिन्न कम्पनीका ग्यास बिक्री गरिएको थियो । सातवटा बिक्री केन्द्रबाट आज नौ हजार ५६८ थान सिलिन्डर बिक्री गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
शनिबार ६ हजार ८०२ थान सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ । निगमले आज भदौ १ गतेदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट नियमित प्रक्रियाअनुसार बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाउँदै आफूलाई पायक पर्ने ग्यास विक्रेताकहाँ सम्पर्क गरी खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
पछिल्लो चार महिना आधा सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएकामा गत असार ३१ देखि १४।२ किलो बराबरको ग्यास उपलब्ध गराउन थालिएपछि बजारमा एकाएक ग्यासको अभाव देखिएको थियो ।




