गगनले भने– दलभित्रको शक्ति संघर्षमा अदालत प्रवेश गर्नु न्यायोचित हुँदैन

१ भदौ ८३, सोमबार

काठमाडाैं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दलभित्रको आन्तरिक शक्ति संघर्षमा अदालत प्रवेश गर्न नहुने धारणा व्यक्त गरेका छन्। पार्टी कार्यालय सानेपामा बोल्दै उनले अदालतलाई जनमतको सम्मान गर्नसमेत आग्रह गरे।

Advertisement

संस्थापन इतर पक्षको भेला, भेलाबाट पारित विषयवस्तु र कांग्रेससम्बन्धी अदालतको यसअघिको निर्णय पुनरावलोकनको प्रसंगमा थापाले यस्तो धारणा राखेका हुन्।

सभापति थापाले प्रचलित कानुन र पार्टीको विधानबमोजिम भएका गतिविधिबारे अदालतले यसअघि बोलेका तथ्यकै आधारमा निर्णय आउने विश्वास व्यक्त गरे। यद्यपि, अदालतबाट जस्तोसुकै फैसला आए पनि आफूले सम्मान गर्ने उनले स्पष्ट पारे।

Advertisement

‘देश अघि बढिसकेको सन्दर्भलाई पनि ख्याल राखेर सत्य हिजो जे थियो, आज पनि त्यही रहन्छ भन्ने कुरामा मलाई र साथीहरूलाई विश्वास छ,’ उनले भने, ‘यद्यपि अदालतको प्रक्रियाका सबै कुरा मान्छौँ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top