२ भदौ , काठमाण्डौ ।
देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिकै अवस्थित रहेको छ। यसै मौसमी प्रणालीका कारण देशका विभिन्न भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली भई केही स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, तराई भूभागका केही स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको क्रम जारी रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरू तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, रातिको समयमा समेत कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा जारी रहनेछ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
भारी वर्षा र चट्याङ्ग पर्ने सम्भावना भएका क्षेत्रहरूमा नदीनालामा पानीको सतह बढ्न सक्ने, पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य असर पर्न सक्ने देखिएको छ ।
तसर्थ, सम्पूर्ण आम सर्वसाधारण तथा सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन र मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने अद्यावधिक सूचनाहरूसँग नियमित सम्पर्कमा रहन विशेष अनुरोध गरिएको छ। मौसमको यो प्रतिकूलताबीच पूर्वाधार क्षेत्रबाट चिन्ताजनक खबर आएको छ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित क्यान्टिलिभर पुल माथिबाट ढुङ्गा खसेर जीर्ण बनेको छ। वि.सं. २०७२ को गोरखा भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको उक्त पुल यस वर्षको वर्षायाममा माथिबाट खसेको ठूलो ढुङ्गाले क्षतिग्रस्त भएको हो।
पुल जीर्ण बन्दा चुमनुब्री–६ र वडा नं ७ का बासिन्दालाई आवतजावतमा ठूलो जोखिम सिर्जना भएको छ। स्थानीय सेराप गुरुङका अनुसार पुलको डेक, छेकबार तथा रेलिङमा प्रयोग गरिएको तारजालीमा क्षति पुगेको छ भने पुललाई आड दिएका ढुङ्गासमेत खसेका छन्।
लोक्पामा रहेको यो क्यान्टिलिभर पुल वडा नं ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका बस्तीमा पुग्ने प्रमुख माध्यम हो। समयमै मर्मत नगरिए गाउँपालिकाको केन्द्र फिलिम पुग्न एक दिन थप घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्।
साथै, छेकम्पारसँग तिब्बत जोड्ने नाका खुलेर दैनिक उपभोग्य वस्तु किनमेल गर्न जाने क्रम बढे पनि बाटो र पुल जोखिमपूर्ण हुँदा आवतजावतमा कठिनाइ भएको छ।पुलको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै चुमनुब्री गाउँपालिकाले गाउँसभाको निर्णयबाट रु १५ लाख बजेट विनियोजन गरिसकेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले मानिस र खच्चडहरू जोखिम मोलेर आवतजावत गरिरहेको बताउँदै अबको केही दिनभित्रै मर्मतको काम सुरु हुने जानकारी दिएका छन्।काभ्रेपलाञ्चोक जिल्लास्थित बिपी राजमार्गको प्रवेशबिन्दु धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडकखण्ड अब चौडा पारिने भएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग निर्माण गरिनेछ।डिपिआर र लागतः हाल पाँच दशमलव पाँच मिटर औसत चौडाइ भएको करिब २० किलोमिटर लामो यो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिएका छन्।
डिपिआरअनुसार यस सडक विस्तारका लागि करिब रु तीन अर्ब ७९ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको छ भने प्रतिकिलोमिटर रु १८ करोड पाँच लाख लागत लाग्नेछ। सडकको दायाँबायाँ १५ मिटरसम्म पर्ने संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको र यो खण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकाभित्र पर्छ।
विसं २०८१ असोजमा आएको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पु¥याएको थियो। हाल रोशी खोलामा अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन गरिए पनि क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम तीव्र पारिएको छ।




