सर्वसाधारण समेतको शेयर लगानीमा १०४ मेगावाटको तल्लो सेती आयोजना बन्दै, २० महिनाभित्र डीपीआर

२६ असोज ७५, शुक्रबार

काठमाडौं,असोज २७
१४० मेगावाटको तनहुँ सेती जलाशययुक्त आयोजना बनाउन सुरु गरेको तनहुँ हाइड्रोपावर लिमिटेडले १०४ मेगावाटको तल्लो सेती पनि बनाउने भएको छ । तल्लो सेती आयोजना निर्माणका तनहुँ हाइड्रोले विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम सुरु गर्न लागेको छ ।

Advertisement

उसले आयोजनाको डीपीआर र बोलपत्र कागजात (टेण्डर डकुमेन्ट) तयार पार्नका लागि आधा दर्जन परामर्शदाताको पुर्व छनौट गरेको छ । तनहुँले डीपीआर तयारीका लागि बोलपत्र आव्हान समेत गरेको छ । छनौट भएका आधा दर्जन कम्पनीले ४५ दिनभित्र बोलपत्र पेश गर्नुपर्ने छ ।

एफ कन्सल्ट स्वीटरजरल्याण्ड लिमिटेड र इटको नेपाल प्राइभेट लिमिटेड, छ्यानजियाङ सर्भे प्लानिङ डिजाइन एन्ड रिसर्च कम्पनी लिमिटेड चीन, डोलसार इंक र सानिमा एन्ड इन्जिनियरिङ, ल्याहमेयर इन्टरनेसनलसँग टोटल म्यानेजमेन्ट सर्भिस नेपाल, एमडब्ल्यु इन्टरनेशनल इंकसँग जेड कन्सल्ट नेपाल रहेका छन् ।

Advertisement

यस्तै, मल्टिकन्सल्ट नोरज नर्वे, पकिस्तान इन्जिनियरिङ सर्भिससँग फुलब्राइट कन्सल्टेन्सी र टोटल म्यानेजमेन्ट सर्भिस र वापकोस इण्डिया लिमिटेड र निप्पेन कोइ कम्पनी लिमिटेडसँग जीओइसी कन्सल्ट र टोटल म्यानेजमेन्ट सर्भिस रहेका छन् ।

डीपीआरका लागि एसियाली विकास बैंक (एडीबी) को ३३ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । काम सुरु गरेको २० महिनामा आयोजनाको डीपीआर तयार पारिने तनहुँ हाइड्रोका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए ।

Advertisement

उनका अनुसार आयोजना सन् २०२३ देखि निर्माण सुरु हुनेछ । आयोजनामा एडीबी र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी हुने छ । यद्यपी सम्झौता भएको छैन । कम्पनीले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ सेतीमा एडीबी र जाइकाको लगानी छ ।

आयोजना बनाउन २२ करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विस्तृत लागत डीपीआर तयारपछि मात्र आउने छ । आयोजना आर्थिक रुपमा आकर्षक भएकाले सर्वसाधारणको लगानी पनि हुने उनले जानकारी दिए ।

१४० मेगावाटको सट्टा तल्लो आयोजनामा प्रभावित र सर्वसाधारणलाई सेयर लगानी गर्न दिने उनले बताए । तल्लोसेतीमा मादी नदीको पनि पानी मिसिने छ । आयोजनाको बाँध सानो बनाए हुने अध्ययनले देखाएको छ ।

तल्लो सेतीको अध्ययन अनुमतिपत्र पाएको छ । कम्पनीले १ सय ५ मेगावाटका लागि आवेदन दिए पनि १ सय ४ मेगावाट अध्ययन गर्न अनुमति पाएको हो ।

कात्तिक १३ गतेको ऊर्जा मन्त्रालय सचिवस्तरीय निर्णयले कम्पनीलाई अनुमतिपत्र दिएको हो माथिल्लो सेतीको लागत महँगो भएकाले श्रृंखला (क्यासकेड) का रूपमा तल्लो सेती निर्माण गर्दा लागत कम हुने कम्पनीको तर्क छ । आयोजनाको प्रतिफल करिब २० प्रतिशत हुनेछ ।(विकास न्युज)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top