आजको मौसम अपडेट : मेघगर्जनसहित वर्षा,कहाँ हुन्छ भारी वर्षा ?

४ भदौ ८३, बिहीबार

४ भदौ , काठमाण्डौ ।

Advertisement

पछिल्ला दिनहरूमा देशका विभिन्न भूभागमा प्रभाव जमाइरहेको मनसुनी वायु हाल पनि उत्तिकै सक्रिय रूपमा कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको मौसम प्रणालीलाई निर्धारण गर्ने मुख्य पक्ष मानिने मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानको आसपास नै अवस्थित छ।

यसै मौसमी तथा वायुमण्डलीय स्थितिका कारण आज दिनभर देशका अधिकांश स्थानमा मौसम बदली रहनेछ भने कतिपय क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको प्रबल सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल देशको मौसम प्रणालीलाई निर्धारण गर्ने मुख्य पक्ष मानिने मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानको आसपास नै अवस्थित रहेको छ।

Advertisement

यसै मौसमी तथा वायुमण्डलीय स्थितिका कारण आज दिनभर देशका अधिकांश स्थानमा मौसम बदली रहनेछ भने कतिपय क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको प्रबल सम्भावना रहेको छ।

यसैगरी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। विशेष गरी, आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

Advertisement

यी क्षेत्रहरूमा अचानक ठूलो पानी पर्ने भएकाले साना नदी तथा खोलाहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने र पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने देखिन्छ। त्यसैले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रा गर्ने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन मौसमविद्हरूले विशेष आग्रह गरेका छन्।

आज राति पनि देशमा मनसुनी प्रभावको असर कायम रहनेछ। रातिको समयमा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहनेछ। राति देशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको क्रम जारी रहने सम्भावना रहेको छ।

यसैगरी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। रातिको समयमा यात्रा गर्दा वा खुला सडकमा हिँड्दा चट्याङ्गको जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सल्लाह दिइएको छ ।

देशभर मनसुन सक्रिय भई केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको हुनाले बाढी, पहिरो, डुबान तथा भूक्षयको जोखिमबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ। साथै, नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले समेत आग्रह गरेका छन्।

उता भारतमा पनि मौसम विभागले दिल्ली, उत्तर प्रदेश, बिहारसहित १५ राज्यमा भारी वर्षा र तीव्र आँधीको चेतावनी जारी गरेको छ। यस क्रममा केही क्षेत्रमा प्रतिघण्टा ७० किलोमिटरसम्मको गतिमा तीव्र हावा चल्न सक्नेछ। पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत औँल्याइएको छ।

यस्तै, केही नदीको जलस्तर खतरनाक रूपमा बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। तीव्र आँधीका कारण किसानका बालीमा क्षति पुग्न सक्ने सम्भावना छ भने केही राज्यमा असिनासमेत पर्न सक्ने अनुमान गरिएको छ।

उत्तरी झारखण्ड नेपाल सँग सीमा जोडिएको दक्षिण–पश्चिम बिहार र दक्षिण–पूर्वी उत्तर प्रदेशमाथि बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण पूर्वी उत्तर प्रदेश र मध्य प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।

बिहार र झारखण्डमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।यसका साथै पश्चिमी हिमालय क्षेत्रका केही स्थानमा पनि भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top