स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब थप बजेट विनियोजन: अर्थमन्त्री वाग्ले

४ भदौ ८३, बिहीबार

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ नामक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी नागरिकहरूले स्वास्थ्य बीमाप्रति सरकारको धारणा र आगामी योजनाबारे राखेका जिज्ञासाको जवाफ दिँदै उनले स्वास्थ्य बीमाको बजेट घटाइएको भन्ने धारणा गलत रहेको स्पष्ट  पारे ।

Advertisement

उनका अनुसार गत वर्षको बजेटमा अघिल्लो सरकारले स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकम अपुग भएपछि आफू अर्थमन्त्री भएर आएपछि थप ११ अर्ब रुपैयाँ बजेट उपलब्ध गराइएको जानकारी दिए ।

यस्तै, चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि थप ५ अर्ब रुपैयाँ वृद्धि गरी १५ अर्ब रुपैयाँ विनियोजन गरिएको समेत वाग्लेले स्पष्ट पारेका छन् ।

Advertisement

‘गत वर्ष स्वास्थ्य बीमाका लागि अघिल्लो सरकारले १० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। तर, त्यो रकम नपुगेपछि म मन्त्री भएर आएपछि ११ अर्ब रुपैयाँ थप गरेको हुँ ‘ उनले भने ‘यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि थप ५ अर्ब रुपैयाँ विनियोजन गरी १५ अर्ब रुपैयाँ पुर्‍याइएको छ।’

अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमामा सरकारको दायित्व निरन्तर बढिरहेको भए पनि सरकारले गरेको लगानीअनुसार नागरिकले सेवा पाइरहेका छन् कि छैनन् भन्ने विषयमा प्रश्न रहेको बताए ।  स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर सञ्चालनमा रहेको उल्लेख गर्दै उनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेकोसमेत जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top