३० भदौ, काठमाण्डौ ।
रुस र युक्रेन एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले यस्तो दाबी गर्दै रुस र युक्रेन दुवैले ऊर्जा क्षेत्रलाई निशाना नबनाउने सहमति जनाएको बताए ।

यसअघि ट्रम्पले रुसका तेल प्रशोधन केन्द्र तथा रिफाइनरीमा युक्रेनले आक्रमण गरेको भन्दै असन्तुष्टि जनाएका थिए।
पछिल्लो दाबीले रुस–युक्रेन युद्धका क्रममा ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोक्ने सम्भावित सहमतितर्फ संकेत गरेको अनुमान ।
ट्रम्पले विश्व बजारमा डिजेलको मूल्य वृद्धि मुख्य रूपमा रुस–युक्रेन युद्धका कारण भएको दाबीसमेत गरे ।
यसैबीच, मध्यपूर्वमा जारी युद्ध लामो समयसम्म चल्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा समेत ठूलो प्रभाव ।
तेलको मूल्य वृद्धिले अमेरिकामा इन्धनको लागत बढ्नुका साथै मुद्रास्फीतिमा समेत दबाब परेको ट्रम्पको भनाइ ।
अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा इन्धनको मूल्य र मुद्रास्फीतिको विषय थप महत्वपूर्ण बन्दै ।




