बसले ठक्कर दिँदा सशस्त्रका सहायक हवल्दारको मृत्यु

३० भदौ ८३, मंगलबार
Share this
693shares

३० भदौ, काठमाण्डौ ।

Advertisement

मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा सोमबार साँझ भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दार सुदीप खड्काको मृत्यु ।

वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

Advertisement

प्रहरीका अनुसार मोटरसाइकलमा सवार ३६ वर्षीय खड्का पश्चिमबाट पूर्वतर्फ सडक पार गर्ने क्रममा को १ ख ७९१३ नम्बरको बसको ठक्करमा परेका थिए।

बसको ठक्करबाट खड्काको टाउको, छाती, दुवै हातखुट्टासहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

Advertisement

उनलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल पु¥याइएको भएपनि उपचारका क्रममा साँझ ६ः५२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ ।

खड्का सशस्त्र प्रहरी बल नेपाल बीओपी स्वर्णकट्टी, सप्तरीमा कार्यरत ।

दुर्घटनापछि बससहित चालक सुनसरीको रामधुनी नगरपालिका–५ का ४८ वर्षीय राजन दाहाल प्रहरी नियन्त्रणमा ।

प्रारम्भिक अनुसन्धानमा बस तीव्र गतिमा रहेको र मोटरसाइकलले अचानक सडक पार गर्दा दुर्घटना भएको देखिएको प्रहरीको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top