डिजिटल पार्लियामेन्ट कार्यान्वयनको तयारी, भदौ ३१ देखि परीक्षण सुरु गर्ने

३० भदौ ८३, मंगलबार
Share this
717shares

काठमाडौं । प्रतिनिधिसभालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘डिजिटल पार्लियामेन्ट’ अवधारणाको परीक्षण भदौ ३१ गतेदेखि सुरु गरिने भएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्ट कार्यान्वयनका लागि हालसम्म भएका प्रगति र आगामी योजनाबारे सचिवालयले जानकारी गराएको हो।

Advertisement

प्रतिनिधिसभा र सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजनाअनुसार भदौ ३१ गते बुधबार परीक्षणको शुभारम्भ गरिने बैठकमा जानकारी दिइएको थियो।

बैठकमा समितिका सदस्यहरूले डिजिटल प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न सुझाव र परामर्श दिएका थिए। प्राप्त सुझावलाई समेट्दै डिजिटल पार्लियामेन्टलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top