कृष्णभीरमा १० दिनपछि खुल्याे नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने

३० भदौ ८३, मंगलबार
Share this
719shares

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। भदौ १० र १४ गतेको बाढीले सडकको सुरक्षा पर्खालमा क्षति पुर्‍याएपछि कृष्णभीरमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछि पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा प्राविधिक अध्ययन गरी पहाड काटेर नयाँ ट्रयाक खोल्ने निर्णय गरिएको थियो।

Advertisement

नेपाल जियोटेक्निकल सोसाइटी र सडक विभागका प्राविधिकको अध्ययनपछि भदौ १९ गतेदेखि रुख कटान सुरु गरी करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको हो। पहाडमा ३५ मिटर उचाइ र २० मिटरसम्म गहिराइमा कटान गरी ट्रयाक खोलिएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाहले भदौ १७ गते प्रतिनिधिसभामा भदौभित्रै कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। सोहीअनुसार भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहितका सवारी सञ्चालन भइरहेकाे प्रधानमन्त्री कार्यालयले जानकारी दिएकाे छ ।

निर्माणमा प्राविधिकसहित ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म काम गरेका थिए। हाल सडक ग्राभेल गर्ने, नाली निर्माण गर्ने र थप मजबुत बनाउने काम भइरहेको छ। मन्त्रालयका अनुसार भोलिसम्म ग्राभेलको काम पूरा गरी असोज १ गते बिहीबार बिहानदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गरिनेछ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top