काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको कार्यालयमा बैठक सुरु भएको रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिएका छन्। बैठक रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेका हुन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल, नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नेता वर्षमान पुन तथा राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाही सहभागी छन्।
रास्वपाबाट महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, प्रवक्ता जगदीश खरेललगायत सहभागी छन्। भोटेकोशीमा आएको बाढीबाट भएको विपद्पछि दिगो पुनर्वास तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।



