संविधानको पूर्ण पालना र जबाफदेही प्रशासनमा राष्ट्रपतिको जोड

३ असोज ८३, शनिबार
Share this
747shares

३ असोज , काठमाण्डौ ।

Advertisement

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने संविधान जारी भएको आज ११ वर्ष पूरा ।

२०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसका रूपमा मनाइँदै ।

Advertisement

नयाँ संविधानले २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापन गरेको थियो।

Advertisement

संविधानमा एकात्मक राज्य संरचनालाई संघीय व्यवस्थामा रूपान्तरण गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन प्रणाली सुनिश्चित गरेको छ।

यसले समानता, सामाजिक न्याय, लैङ्गिक अधिकार, पैतृक सम्पत्तिमा छोरी र छोराको समान अधिकार तथा धर्मनिरपेक्ष राज्यको व्यवस्था ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधानको पूर्ण कार्यान्वयन, विधिको शासन र जबाफदेही प्रशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड ।

संविधानले प्रत्याभूत गरेका सेवा–सुविधामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संविधानबाट प्राप्त उपलब्धिको संरक्षण र संस्थागत गर्दै सुशासन तथा समृद्धितर्फ अघि बढ्न राष्ट्रिय सहमति आवश्यक रहेको राष्ट्रपतिको भनाइ ।

संविधान दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि सबै नेपालीलाई एकजुट हुन प्रेरणा दिने विश्वाससमेत राष्ट्रपतिद्वारा व्यक्त ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top