३ असोज , काठमाण्डौ ।
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययनसँगै नामकरण प्रक्रिया अघि बढायो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा बाढीको उत्पत्ति, घटनाक्रम र त्यसमा हिमाली जोखिम तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्न सात सदस्यीय वैज्ञानिक समिति गठन ।

जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा गठित समितिमा जलविद्, ग्लेसियोलोजिस्ट, रिमोट सेन्सिङ विशेषज्ञ, भूगर्भविद्, जलविद्युत् पूर्वाधार तथा विपद् जोखिम न्यूनीकरण विज्ञ सहभागी ।
समितिले बाढीको उद्गमस्थलदेखि तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गरी वैज्ञानिक प्रमाण संकलन गर्ने।

प्रारम्भिक छलफलमा ‘ग्लेसियर रक एभलेन्च’, ‘आइस रक एभलेन्च–ल्याण्डस्लाइड’ र ‘रसुवा भोटेकोशी महाविपद्’ लगायत नाम प्रस्ताव ।
जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टिका बरालले सबै वैज्ञानिक आधार र प्रमाण संकलनपछि मात्रै उपयुक्त नाम तय गरिने ।
मन्त्रालयका अनुसार घटनालाई सामान्य बाढी वा अतिवृष्टिका रूपमा मात्र नभई हिमनदीय, भौगोलिक र जलविज्ञानसम्बन्धी जोखिम क्रमशः जोडिँदै विकसित भएको ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गरिने ।



