४ असोज , काठमाण्डौ ।
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहदा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने ।
बागमती प्रदेशका थोरै स्थान तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहदा तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना ।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान ।
पहाडी र तराईका विभिन्न क्षेत्रमा समेत हल्कादेखि मध्यम वर्षा हुनसक्ने



