अमेरिकासँग इरानले पठायो ३ सर्त, ट्रम्पको जवाफको प्रतीक्षा

४ असोज ८३, आइतबार
Share this
730shares

४ असोज , काठमाण्डौ ।

Advertisement

इरानले अमेरिकासँग शान्ति वार्ता पुनः सुरु गर्न तीन प्रमुख सर्त अघि सार्याे ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइका अनुसार कतार र पाकिस्तानका मध्यस्थमार्फत तेहरानले आफ्ना सर्तहरू वासिङ्टनसमक्ष पठाएको उल्लेख ।

Advertisement

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको रेजाइको भनाइ ।

इरानका प्रमुख सर्तमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने सर्त ।

Advertisement

अमेरिकी धम्कीबाट कुनै परिणाम नआउने दाबी गर्दै इरान युद्धका लागि पनि तयार रहेको रेजाइको भनाइ ।

आणविक कार्यक्रमबारे रेजाइले इरानले आणविक अप्रसार सन्धि (एनपीटी)बाट बाहिरिने निर्णय भने नगरेको बताए ।

इरानले आणविक हतियारसम्बन्धी सर्वोच्च नेताको फतवालाई अझै पालना गरिरहेको र आफ्नो आणविक सिद्धान्त परिवर्तन नगरेको भएपनि भविष्यमा हुने निर्णय अमेरिकाको व्यवहारमा निर्भर रहने रेजाइको प्रतिक्रिया ।

साउदी अरेबिया र यमनबीच जारी युद्ध अन्त्यका लागि पनि आह्वान।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top