आज न्युयोर्क जाँदै परराष्ट्रमन्त्री खनाल, के–के छन् कार्यक्रम?

४ असोज ८३, आइतबार
Share this
682shares

 काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आइतबार न्युयोर्क प्रस्थान गर्दैछन्। परराष्ट्रमन्त्री खनालसहितको नेपाली प्रतिनिधिमण्डल आइतबार साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए।

Advertisement

महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा खनालले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

महासभामा नेपालको सहभागिताका क्रममा जलवायु परिवर्तन, दिगो विकास, अन्तर्राष्ट्रिय सहकार्यलगायत नेपालका प्राथमिकताका विषय उठाउने तयारीसमेत रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top