अन्तर्राष्ट्रिय कानुनी सहकार्यबारे छलफल गर्न प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

४ असोज ८३, आइतबार
Share this
780shares

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा अन्तर्राष्ट्रिय कानुनी सहकार्यसम्बन्धी कार्यक्रममा सहभागी हुन आइतबार चीन प्रस्थान गरेका छन्। चारदिने चीन भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्मा ‘चाइना फोरम अन इन्टरन्यासनल लिगल कोअपरेसन–२०२६’ मा सहभागी हुनेछन्। चाइना ल सोसाइटीको आयोजनामा हुने उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कानुनी सहकार्यका विषयमा छलफल हुनेछ।

Advertisement

सर्वोच्च अदालतका प्रवक्ता एवं सह–रजिस्ट्रार अर्जुन कोइरालाका अनुसार प्रधानन्यायाधीश शर्मासहितको भ्रमण टोली चाइना साउदर्न एयरलाइन्सको विमानबाट चीनको गोन्जाउ प्रस्थान गरेको हो। भ्रमणका क्रममा कानुनी तथा न्यायिक क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ।भ्रमण टोलीमा प्रधानन्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल सहभागी छन्।

प्रधानन्यायाधीश शर्मासहितको टोली असोज ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको सर्वोच्च अदालतले जनाएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top