रास्वपाको ‘राइट टु रिकल’ दस्तावेज बनाउन चार विषयगत उपसमिति गठन

४ असोज ८३, आइतबार
Share this
794shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि चारवटा विषयगत उपसमिति गठन गरेको छ। रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक महामन्त्री तथा समिति संयोजक विपिनकुमार आचार्यको संयोजकत्वमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको हो।

Advertisement

बैठकले ‘राइट टु रिकल’ अवधारणालाई जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने संयन्त्रका रूपमा अघि बढाउने विषयमा छलफल गरेको रास्वपाले जनाएको छ। पार्टीका अनुसार यसले लोकतान्त्रिक निर्वाचन प्रणालीप्रति मतदाताको विश्वास अभिवृद्धि गर्ने विषयमा समेत छलफल भएको छ।

बैठकले ‘राइट टु रिकल’ सम्बन्धी बहसलाई थप विस्तार गर्दै त्यसका आधारमा दस्तावेज तयार गर्ने निर्णय गरेको छ। साथै, समितिको सचिवको जिम्मेवारी मनिष खनाललाई दिने निर्णय भएको छ।समितिअन्तर्गत संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समिति, अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन समिति, सरोकारवालासँगको छलफल समन्वय समिति र सञ्चार तथा मिडिया समन्वय समिति गठन गरिएको छ।

Advertisement

संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समितिमा सुलभ खरेल र गजला शमिम मिकरानी, अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन समितिमा अनुष्का श्रेष्ठ, सरोकारवालासँगको छलफल समन्वय समितिमा समीक्षा बास्कोटा र करिस्मा कठरिया तथा सञ्चार तथा मिडिया समन्वय समितिमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ।रास्वपाले यसअघि भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकबाट महामन्त्री आचार्यको संयोजकत्वमा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top