विपद् व्यवस्थापन र पुनर्निर्माणमा नेपाल–अमेरिका सहकार्य निरन्तरता दिने प्रतिबद्धता

७ असोज ८३, बुधबार
Share this
642shares
काठमाडाैं । नेपाल र अमेरिकाले विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा हुँदै आएको सहकार्यलाई निरन्तरता दिँदै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको साइडलाइन भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच यस विषयमा छलफल भएको हो।

भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे विचारविमर्श हुनुका साथै हालैको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासबारे छलफल भएको थियो। मन्त्री खनालले विपद्का समयमा नेपाललाई अमेरिकाबाट प्राप्त हुँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग निरन्तर रहने विषयमा छलफल भएकाे थियाे ।

Advertisement

भेटमा दुवै पक्षले नेपालमा विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। नेपाल–अमेरिका सम्बन्धका विविध आयामबारे समेत छलफल गर्दै दुवै पक्षले आपसी सहकार्यलाई थप सुदृढ बनाउने र साझा चासोका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top