चीनले नेपाललाई हस्तान्तरण ग¥यो, एआई जडित मौसमी सूचना प्रणाली

७ असोज ८३, बुधबार
Share this
785shares

८ आसोज , काठमाण्डौ ।

Advertisement

चीनद्वारा नेपाललाई कृत्रिम बुद्धिमत्ता (एआई) जडित अत्याधुनिक मौसमी सूचना प्रणाली हस्तान्तरण ।

चीनमा मंगलबार आयोजित कार्यक्रममा चीन मौसम विज्ञान प्रशासन (सीएमए) ले नेपालको जल तथा मौसम विज्ञान विभागलाई उक्त प्रणाली हस्तान्तरण गर्याे ।

Advertisement

‘माजु–नेपाल’ नाम दिइएको यो प्रणालीले चीनको मौसमी भू–उपग्रह ‘फेङयुन’मार्फत मौसमसम्बन्धी तथ्यांक उपलब्ध गराउने ।

प्रणालीमा उच्चस्तरीय चिनियाँ एआई मोडलसमेत जडान गरिएको सीएमएको भनाइ ।

Advertisement

यसबाट मौसमसम्बन्धी रियल टाइम सूचना प्राप्त गर्नुका साथै सम्भावित विपद्को पूर्वचेतावनीमा सहयोग पुग्ने अपेक्षा ।

विश्व मौसम विज्ञान केन्द्र बेइजिङका वरिष्ठ इन्जिनियर हुवा वेनलीले ‘माजु–नेपाल’ क्लाउडमा आधारित मौसमी सूचना प्रणाली मात्र नभएको बताए ।

उनका अनुसार प्रणालीले नेपाललाई समयमै निर्णय लिन आवश्यक उच्च गुणस्तरको मौसमी सूचना उपलब्ध गराउन सहयोग गर्ने ।

नेपालका सम्बन्धित निकायलाई प्रणाली सञ्चालन तथा मौसमी सूचना प्रयोगसम्बन्धी प्राविधिक तालिमसमेत प्रदान गरिने ।

भदौ १० गतेको भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि चीनले नेपाललाई मौसमी पूर्वसूचना प्रणालीमा सहयोग गरेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top