दशैंमा बजाजको ‘गेम अफ पावर’ : पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

७ असोज ८३, बुधबार
Share this
749shares

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले यस वर्षको दशैंलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर–खेल्ने हो?’ अभियान सार्वजनिक गरेको छ। अभियानमार्फत बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, डिजिटल रेसमा सहभागी हुने तथा आफ्ना मनपर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउने कम्पनीले जनाएको छ।

Advertisement

दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन्। त्यस्तै, स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ।अभियानको विशेष आकर्षणका रूपमा रवीन्द्र ढाँट, सीआर ७ होराआ (सन्जन गौतम) र दीपेन्द्रसिंह ऐरीसँग भेट्ने अवसर रहेको कम्पनीले जनाएको छ। अभियानअन्तर्गत छनोट भएका विजेताले यी च्याम्पियनसँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन्।

अभियानलाई डिजिटल माध्यमसँग जोड्दै बजाजले ‘पल्सर रेसिङ गेम’ पनि ल्याएको छ। यसमा सहभागीले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनोट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्नेछन्। सबैभन्दा कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी–सर्ट, च्याम्पियनका सामग्री तथा बजाजका विशेष उपहार जित्न सक्नेछन्।डिजिटल माध्यमको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै अभियानमा युवालाई लक्षित विभिन्न गतिविधि समेटिएको कम्पनीले जनाएको छ। यस्ता गतिविधिले युवालाई बजाजसँग अझ नजिक जोड्नुका साथै उनीहरूको उत्साह र सहभागिता बढाउने अपेक्षा गरिएको छ।

Advertisement

त्यसैगरी, ‘शो योर पावर’ च्यालेन्जमार्फत राइडर तथा मोटरसाइकलप्रेमीले आफ्नो शक्ति, फिटनेस र पल्सरप्रतिको लगावलाई सिर्जनात्मक शैलीमा प्रस्तुत गर्दै सहभागी हुन सक्नेछन्। यस चुनौतीबाट छनोट भएका विजेताले पनि च्याम्पियनसँग भेट्ने अवसर पाउनेछन्।गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले दशैंको अवसरमा ग्राहकलाई मोटरसाइकल खरिदसँगै नयाँ अनुभव दिने उद्देश्यले ‘गेम अफ पावर’ अभियान ल्याइएको बताए।

‘दशैंमा नयाँ जोश र उत्साहसँगै रमाइलो गर्ने माहोल हुन्छ। यही अवसरमा हाम्रा ग्राहकलाई मोटरसाइकल खरिदसँगै नयाँ अनुभव दिने उद्देश्यले ‘गेम अफ पावर’ ल्याएका हौँ। पुरस्कारदेखि डिजिटल रेस र च्याम्पियनसँगको भेटसम्म, यस अभियानले ग्राहकलाई सहभागी हुँदै आफ्नो पावर देखाउने अवसर दिनेछ,’ उनले भने। ‘बजाज गेम अफ पावर–खेल्ने हो?’ अभियानमार्फत यस दशैंमा मोटरसाइकल खरिदलाई पुरस्कार, प्रतिस्पर्धा र विशेष अनुभवसँग जोड्दै ग्राहकलाई थप उत्साहपूर्ण अनुभव दिने कम्पनीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top