एमाले केन्द्रीय कमिटीले पारित गर्‍यो ओलीको राजनीतिक प्रतिवेदन

७ असोज ८३, बुधबार
Share this
748shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकको तेस्रो दिन अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा सुझावबारे जवाफ दिएका थिए। बैठकमा पार्टी सचिवालयका सदस्यसहित केन्द्रीय कमिटीका सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा र सुझाव राखेका थिए।

Advertisement

बैठकमा उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतलगायतले धारणा राखेका थिए।

यस्तै, केन्द्रीय सदस्यहरू परशुराम बस्नेत, पार्वत गुरुङ, प्रदीप ज्ञवाली, भगवती चौधरी, भारती पाठक, डा. विन्दा पाण्डे, विष्णु रिजाल, शान्ता चौधरी, शेरबहादुर तामाङ, सूर्य थापा, सुहाङ नेम्वाङ, रामकुमारी झाँक्री, घनश्याम खतिवडालगायतले पनि बैठकमा धारणा राखेका थिए।

Advertisement

एमाले केन्द्रीय कमिटीको बैठक बिहीबार दिउँसो १२ः३० बजे पुनः भनिमण्डलस्थित रामबाग भवनमा बस्नेछ। त्यसअघि पार्टी केन्द्रीय सचिवालयको बैठक बिहान १० बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने एमालेले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top