८ असोज , काठमाण्डौ ।
भारीदेखि अति भारी वर्षाको चेतावनी जारी भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई सम्भावित विपद्को सामना गर्न तयारी अवस्थामा रहन दियो निर्देशन ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार थप वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मन्त्रालयद्वारा आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न निर्देशन जारी ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइ (एचईडीएमयू)ले आवश्यक स्वास्थ्य जनशक्ति, औषधि तथा उपचार सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न अस्पताल तथा स्वास्थ्य संस्थालाई गर्याे आग्रह ।
विपद्का कारण घाइते तथा बिरामीको संख्या बढ्न सक्ने भएकाले आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र आवश्यकताअनुसार जनशक्ति परिचालन गर्न पनि निर्देशन ।

त्यस्तै, बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन एम्बुलेन्स प्रभावकारी रूपमा सञ्चालन गर्न र सम्बन्धित निकायबीच समन्वय कायम गर्न आग्रह ।



