बीपी राजमार्गमा ४ दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

८ असोज ८३, बिहीबार
Share this
765shares

८ असोज , काठमाण्डौ ।

Advertisement

सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको बैठकले आज असोज ८ देखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा आवागमन बन्द गर्ने निर्णय ।

Advertisement

जोखिमको अवस्था थप गम्भीर देखिएमा दिउँसोको समयमा समेत सवारी सञ्चालन रोक्न सकिने ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार विगतमा बाढीपहिरोबाट राजमार्गमा भएको क्षति र पछिल्लो मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै यात्रुको सुरक्षाका लागि निर्णय गरिएको हो।

Advertisement

दुई वर्षअघि आएको बाढीपहिरोले बीपी राजमार्गका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो।

केही स्थान अझै बाढी तथा पहिरोको जोखिममा रहेकाले वर्षाका बेला थप सतर्कता अपनाउन प्रशासनको आग्रह ।

रातिको यातायात रोक्ने निर्णय कार्यान्वयनका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग समेत समन्वय गरिने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top