सरकारलाई डूसन बबक्याट इन्डियाले गर्याे १० करोड बढीका उपकरण सहयोग

८ असोज ८३, बिहीबार
Share this
757shares

८ असोज , काठमाण्डौ ।

Advertisement

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि सरकारलाई एक इन्डियन कम्पनीले १० करोड रुपैयाँभन्दा बढी मूल्यका आवश्यक उपकरण सहयोग गरेको छ ।

भदौ १० गते आएको बाढीका कारण जनजीवनसँगै घर, सुरुङ तथा महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै डूसन बबक्याट इन्डिया प्रा. लि.ले नेपाल सरकारलाई उपकरण सहयोग गरेको हो ।

Advertisement

सहयोगअन्तर्गत विभिन्न प्रकारका बबक्याट मिनी एक्साभेटरहरू – ४ थान, बबक्याट ब्याकहो लोडरहरू २ थान र बबक्याट स्किड स्टीयर लोडरहरू ३ थान तथा बबक्याट टावर लाइटहरू ६ थान गरी १५ थान उपकरण उपलब्ध गराइएको कम्पनीका अध्यक्ष पवन कुमार गुप्ताले जानकारी दिए ।

Advertisement

ती उपकरण भग्नावशेष हटाउने, उत्खनन गर्ने, अवरुद्ध पहुँच तथा बाटो पुनःस्थापना गर्ने लगायतका आपत्कालीन उद्धार तथा पुनःस्थापना कार्यमा प्रयोग गरिने ।

कम्पनीका अनुसार उपकरणहरू नेपालका अधिकृत डिलरको सहकार्यमा सर्भिस तथा तयारी गरी परिचालनका लागि तयार पारिएका हुन् ।

उपकरणहरू कम्पनीका अध्यक्ष गुप्ता, प्रबन्ध निर्देशक केदार लामिछाने तथा डाइरेक्टरहरू पारितोष गुप्ता र विपिन लामिछानेले संयुक्त रूपमा गृह मन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top