काठमाडाैं। अविरल वर्षापछि आएको पहिरो र लेदोका कारण काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेको हो। वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने भन्दै प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
यस्तै, पनौतीस्थित रोशी खोलाको जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान सम्भावित क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।



