११ असोज , काठमाण्डौ ।
लगातारको वर्षाका कारण देशका विभिन्न प्रमुख सडक तथा राजमार्ग प्रभावित ।
सडक डिभिजन कार्यालयले सार्वजनिक गरेको गएरातिको विवरणअनुसार ११ सडकखण्डमा पहिरो, बाढी तथा डाइभर्सन बग्दा यातायात प्रभावित ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको भाइरलडाँडामा सडक अवरुद्ध ।
पृथ्वी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने कृष्णभीर, चौकीभीर, जवाङ खोला, फिस्लिङ, बाँगे र चालिसेलगायत क्षेत्रमा अवरोध ।

बीपी राजमार्गअन्तर्गत माम्ती, दाउन्ने–कालोपुल, चारसयबेसी, कटुन्जे र चौकीडाँडालगायत क्षेत्रमा सडक अवरुद्ध ।
कान्ति राजमार्गमा पहिरो पन्छाएर यातायात सञ्चालन हुँदा मध्यपहाडी राजमार्गको घोडाबाँधे–हटिया खण्डमा सडक एकतर्फी सञ्चालनमा ।
कालीगण्डकी करिडोरमा स्थानीय सवारीसाधन एकतर्फी चलिरहेका छन् भने लामो दूरीका सवारीसाधनलाई रोक ।
तमोर करिडोरका छरुवा खोला, नाव खोला र रानीगाउँ खण्डमा खोलाको बहाव बढेकाले यातायात सञ्चालनमा अवरोध ।
यस्तै राप्ती र कर्णाली राजमार्ग पनि पहिरोका कारण प्रभावित हुँद भालुवाङ–चकचके–लिवाङ सडक आंशिक अवरुद्ध छ भने बेँसीसहर–चामे सडक पूर्णरूपमा बन्द रहेको सडक विभागको जानकारी ।



