दुर्गा प्रसाईं फेरि पक्राउ, कसले दियो जाहेरी ?

१२ असोज ८३, सोमबार
Share this
761shares

१२ असोज , काठमाण्डौ ।

Advertisement

पटक–पटक पक्राउ पर्दै, छुट्दै र फेरि पक्राउ पर्दै आएका प्रसाईंलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो । प्रसाईंलाई आज भक्तपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।  शहीदलाई लिएर प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ।  सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भनेर टिप्पणी गरेको भन्दै सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै रोएकी थिइन्।

Advertisement

प्रसाईंलगायतले अपमानजनक टिप्पणी गरेको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएको जनाइएको छ। उनकै उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।  प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन्।

यसअघि उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। त्यस्तै, गत भदौ ४ गते उनको घरमा खानतलासी गरिएको थियो। सर्वोच्च अदालतको आदेशमा उनको घरबाट बरामद गरिएका सामान प्रहरीले फिर्ता गरेको थियो। पछिल्ला दुई वर्षलाई मात्रै हेर्ने हो भने उनी पटक–पटक पक्राउ पर्दै आएका छन् ।

Advertisement

दर्शकबृन्द दुर्गा प्रसाईं पक्राउको विगत लामै रहेको छ । २०८१ असोज ६ गते प्रसाईंलाई पहिलोपटक साइबर ब्यूरोको टोलीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । विभिन्न व्यक्तिमाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा उनलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

त्यतिबेला प्रसाईं करिब नौ दिन हिरासतमा बसे ।र, असोज १५ गते काठमाडौं जिल्ला अदालतको आदेशपछि एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए । तर, हिरासतबाट छुटेको धेरै समय नबित्दै फेरि पक्राउ पर्ने अवस्था आयो । २०८१ मंसिर ४ गते,प्रसाईं फेरि पक्राउ परे ।

यसपटक उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबारे प्रसाईंले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा गम्भीर दाबी तथा सामग्री सार्वजनिक गरेपछि उनीमाथि साइबर कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको थियो ।

त्यसपछि २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा भएको घटनामा दुई जनाको मृत्यु भयो भने तोडफोड, आगजनीलगायतका घटना भएका थिए । घटनापछि प्रसाईं भारततर्फ गएकोमा प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।

त्यसपछि उनीमाथि ज्यानसम्बन्धी कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतका विषयमा अनुसन्धान र मुद्दा अघि बढेको थियो । यस प्रकरणमा उनी लामो समय हिरासत तथा कारागारमा बसे । पछि उच्च अदालतको आदेशपछि उनी धरौटीमा रिहा भएका थिए ।

तर, पक्राउको श्रृंखला त्यत्तिमै रोकिएन । २०८२ मंसिर २ गते उनी फेरि पक्राउ परे । यसपटक प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुग्ने किसिमका अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको थियो। त्यसपछि पनि उनी अदालतको प्रक्रियाबाट रिहा भए ।

त्यसपछि त प्रसाईंको पक्राउ र रिहाइको श्रृंखला झनै तीव्र भयो । २०८२ माघ ५ गते उनी फेरी प्रसाईं पोखराबाट पक्राउ परे।निर्वाचन आयोगसँग सम्बन्धित विषयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसको केही समयपछि २०८२ माघ २३ गते उनी फेरि पक्राउ परे ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेलबाट वीरगञ्जतर्फ जाँदै गरेका प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो। निर्वाचन आचारसंहिता उल्लंघन तथा साइबर कसुरसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको थियो । उनी केही दिनपछि हाजिरी जमानीमा छुटेका थिए ।

तर त्यसपछि पनि पक्राउको क्रम रोकिएन। २०८२ फागुन ४ गते प्रसाईं फेरि भक्तपुरस्थित निवासबाट पक्राउ परे । यसपटक उनलाई निर्वाचन बिथोल्ने किसिमका अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको थियो ।

एउटा पक्राउबाट छुट्ने, फेरि अर्को विषयमा पक्राउ पर्ने । प्रसाईंको पछिल्लो समय यही क्रम दोहोरिँदै आएको छ । त्यसपछि आयो २०८३ जेठ ४ गते । यसपटक काठमाडौं वा भक्तपुरमा होइन, वीरगञ्जबाट प्रसाईं पक्राउ परे ।

उनी वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ परेका थिए प्रहरीले उनलाई साइबर कसुर तथा राज्यविरुद्धको कसुरसम्बन्धी विषयमा अनुसन्धान अघि बढाएको थियो । आठ दिन हिरासतमा बसेपछि जेठ १२ गते पर्सा जिल्ला अदालतको आदेशमा उनी साधारण तारेखमा रिहा भएका थिए ।

२०८३ साउन १७ गते । प्रसाईंले त्यही दिन पत्रकार सम्मेलन गर्दै हिन्दु राज्य र राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलनको घोषणा गरेका थिए । पत्रकार सम्मेलन गरेको केही घण्टामै राति करिब १० बजे भक्तपुरस्थित निवासबाट प्रहरीले प्रसाईंलाई पक्राउ ग¥यो ।

उनीमाथि सार्वजनिक शान्तिमा खलल पु¥याएको विषयमा अनुसन्धान अघि बढाइएको बताइएको थियो । तर त्यो पक्राउ पनि लामो समय टिकेन ।भक्तपुर जिल्ला अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि पक्राउ परेको २४ घण्टा नबित्दै प्रसाईं रिहा भएका थिए ।

२०८३ असोज १२ गते । दुर्गा प्रसाईं फेरि पक्राउ परे ,यसपटक पनि उनलाई केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले भक्तपुरबाट नियन्त्रणमा लिएको जानकारी आएको छ । २०८१ असोजदेखि सुरु भएको पक्राउको श्रृंखला, २०८३ असोजसम्म आइपुग्दा पनि रोकिएको छैन ।

कहिले साइबर कसुर, कहिले सार्वजनिक शान्तिमा खलल, कहिले निर्वाचनसम्बन्धी विषय, कहिले तीनकुने घटनासँग जोडिएको अनुसन्धान र हरेकपटक प्रसाईं प्रहरी हिरासतमा । तर हिरासतमा पुगेपछि अदालतको प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण बन्दै आएको छ ।

कतिपय घटनामा उनी धरौटीमा छुटेका छन्, कतिपयमा साधारण तारेखमा रिहा भएका छन् भने पछिल्लो साउनको घटनामा अदालतले म्याद थप नै अस्वीकार गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top