जेन–जी आन्दोलनमा भागेका कैदी सिआइबीद्वारा पक्राउ

१३ असोज ८३, मंगलबार
Share this
732shares

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि कारागारमा कैद भुक्तान गरिरहेका फरार कैदी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अनुसार काठमाडौं महानगरपालिका–९ स्थायी ठेगाना भएका ६० वर्षीय श्रेष्ठ २०६५ साल कात्तिक ११ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए।

Advertisement

गत भदौ २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार भएपछि श्रेष्ठ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको विशेष सूचनाका आधारमा सिआइबीले खोजी थालेको थियो।

सिआइबीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई २०८३ साल असोज १३ गते काठमाडौं महानगरपालिका–३१, भीमसेनगोलाबाट पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय सुन्धारा पठाइएको सिआइबीले जनाएको छ। सिआइबीले आफ्नो टोल तथा छिमेकमा अपराध गरी लुकेर बसेका व्यक्तिहरूबारे सूचना भए प्रहरीलाई जानकारी गराउनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

Advertisement
  •  
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top