१४ असोज , काठमाण्डौ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच सर्वोच्च अदालतमा भेटवार्ता ।
मंगलबार अपराह्न सर्वोच्च पुगेका आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग करिब एक घण्टा एकान्त भेटवार्ता गरेको स्रोतको भनाइ ।

प्रधानन्यायाधीशको सचिवालयका अनुसार भेटमा न्यायाधीशहरूको सुरक्षा चुनौतीसहित अन्य समसामयिक विषयमा कुराकानी ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर करिब ११ घण्टापछि रिहा गरेको घटनापछि सर्वोच्च अदालतको पूर्ण बैठकले सोमबार सुरक्षा र कानुनी प्रक्रियासम्बन्धी विषय उठाएको थियो।

त्यसको भोलिपल्ट आईजीपी कार्की र प्रधानन्यायाधीश शर्माबीच भेट भएको हो।
सर्वोच्च स्रोतका अनुसार भेटमा जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे पनि जिज्ञासा राखिएको थियो।
यद्यपि, भेटमा छलफल भएका सबै विषयबारे दुवै पक्षबाट विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
केही सञ्चारमाध्यमले भेटलाई जबरा प्रकरणसँग जोडेर सुरक्षा विषयमा छलफल भएको उल्लेख गरेका छन् भने सर्वोच्चको सचिवालयले न्यायाधीश तथा न्यायिक जनशक्तिको सुरक्षा चुनौतीलाई समेत छलफलको विषयका रूपमा जनाएको छ।



