१४ असोज , काठमाण्डौ।
रुसको आणविक हतियार बोक्न सक्ने टीयू–९५ सैन्य विमान मंगलबार प्रशिक्षण उडानका क्रममा दुर्घटनामा ।
दुर्घटनामा चालक दलका ६ सदस्यको मृत्यु भएको छ भने एक जना घाइते ।

रुसको रक्षा मन्त्रालयका अनुसार विमान उडेको केही समयपछि राजधानी मस्कोबाट करिब ४ हजार किलोमिटर टाढा रहेको सुनसान क्षेत्रमा दुर्घटनामा परेको हो।
जमिनमा खसेपछि विमानको इन्धन ट्यांकी विस्फोट हुँदा आगलागी भएको मन्त्रालयको भनाइ ।

टीयू–९५ रुसको लामो दूरीसम्म उडान गर्न सक्ने रणनीतिक बमवर्षक विमान हो।
एकपटक इन्धन भरेपछि यो विमान करिब १० हजार ५०० किलोमिटरसम्म उड्न सक्ने क्षमता राख्छ।
यसले करिब ९ हजार किलोग्रामसम्म हतियार बोक्न सक्छ।
दुर्घटना प्रशिक्षण उडानका क्रममा भएको बताइए पनि यसको कारणबारे तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
टीयू–९५ आणविक हतियार बोक्न सक्ने क्षमताका कारण यो विमान रुसको दीर्घ दूरीको रणनीतिक हतियार प्रणालीमा समेत समावेश ।
दुर्घटनामा परेको विमानको प्राविधिक अवस्था तथा दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि स्पष्ट हुने अपेक्षा



