मिस्टर मोरङको उपाधि प्रवित राजवंशीलाई

मिस्टर मोरङको उपाधि प्रवित राजवंशीलाई

विराटनगर, असोज २९
मिस्टर मोरङको उपाधि विराटनगरका २९ बर्षिय बडिबिल्डर प्रवित राजवंशीले जितेका छन् । मोरङ बडिबिल्डीङ एण्ड फिटनेश एशोसिएसनको आयोजनामा सोमबार विराटनगरमा सम्पन्न प्रतियोगितामा २८ प्रतिष्पर्धीलाई पछि पार्दै राजवंशीले उपाधि जितेका हुन् ।

६० केजी तौल समूहबाट बिजयीहुंदै फाइनल राउण्डमा प्रवेश गरेका राजवंशीले ५५ केजी, ६५, ७० र ७५ केजीको तौल समूह जितेर फाइनलमा प्रवेश गरेका प्रतिस्पर्धीलाई पछिपार्दै पहिलो उपाधि जित्न सफल भए ।

उपाधिसंगै राजवंशीले ५१ हजार राशि र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । यसैगरी प्रतियोगितामा विराटनगरकै मधुमाराका रबिनकुमार तामाङ दोश्रो र मोरङ पथरीका संजिव मगर तेश्रो भएका छन ।

दोश्रो हुनेले नगद ३१ हजार र तेश्रो हुनेले २१ हजार सहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन । बिजेताहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र मोरङ बडिबिल्डीङ एण्ड फिटनेश एशोसिएसनका अध्यक्ष अमलेश कर्णले उपाधि र पुरस्कार राशि हस्तान्तरण गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.