१५ असोज , काठमाण्डौ ।
मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जनाको शव फेला ।
यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो ।

हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले थप चार शव फेला पारेको जानकारी ।
हिमपहिरोमा पुरिएका शव निकाल्ने कार्य भइरहेको उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पाको भनाइ ।

शवको पहिचान हुन बाँकी । यसअघि बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो ।
त्यस्तै, आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।
अझै पाँच जना आरोही र सहयोगी सम्पर्कविहीन । उनीहरूको खोजी जारी ।
असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा १६ जना हराएका थिए ।
त्यस्तै, आरोहमा गएका ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए ।



