१८ असोज , काठमाण्डौ ।
पाँच पटकको विश्व च्याम्पियन ब्राजिलसँग भारतलाई ४–० गोल अन्तरले पराजित ।
शनिबार राति कोलकातास्थित साल्ट लेक स्टेडियममा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले भारतमाथि सहज जित निकाल्यो ।

ब्राजिलको जितमा एस्तेभाओले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि ४२औँ मिनेटमा पेड्रोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा पनि ब्राजिलले आक्रामक खेललाई निरन्तरता दियो।
सामुएलले ५८औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता ३–० मा पु¥याए।
खेलको निर्धारित समय सकिएपछि थपिएको पाँचौँ मिनेटमा सामुएलले नै व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल ४–० को फराकिलो जित निकाल्न सफल ।
भारत र ब्राजिलबीच भएको यो पहिलो अन्तर्राष्ट्रिय खेलमा घरेलु मैदानमा ठूलो संख्यामा उपस्थित दर्शकबीच भारतले बलियो ब्राजिलविरुद्ध प्रतिस्पर्धा गरे पनि गोल गर्न भने सकेन।
फिफा विश्व वरीयतामा ब्राजिल पाँचौँ स्थानमा रहेको छ भने भारत १३८औँ स्थानमा।



