१८ असोज , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाउँदै केन्द्रीय उम्मेदवार छनोट समिति गठन ।
सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गर्याे ।

समितिमा सातै प्रदेशबाट एक–एक जना सदस्य मनोनयन गरिएको छ भने प्रदेश सभापतिहरू पदेन सदस्य रहने ।
समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य ।

बैठकले पार्टीका विभिन्न १३ केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ।
प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापनमा डा. मनोहर प्रधान, कानुनी मामिलामा मोहनलाल आचार्य, सामाजिक न्यायमा रुबिना आचार्य र सुशासन तथा राज्य व्यवस्थामा सुदीप ढकाललाई जिम्मेवारी ।
यस्तै, कृषि, श्रम, आपूर्ति, विज्ञान तथा प्रविधि, संस्कृति तथा पर्यटन, वातावरण र सामाजिक न्यायलगायत विभागमा पनि प्रमुख तोकिए ।
रास्वपाले असोज २० देखि २७ गतेसम्म संचालन गर्ने ‘हामी आउँदै छौँ’ अभियान अन्तर्गत ७७ जिल्लाका ७५३ पालिकामा पुगेर जनता तथा सरोकारवालासँग छलफल र सुझाव संकलन गरिने ।
बैठकले मधेस प्रदेश संगठनसम्बन्धी प्रतिवेदन अध्ययन गर्ने तथा काठमाडौं उपत्यकामा पार्टीको नयाँ केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्न सदस्य तथा शुभेच्छुकलाई आग्रह गर्ने निर्णयसमेत गरेको प्रवक्ता जगदीश खरेलले दिए जानकारी ।



