१८ असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुँदै ।

महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार अर्थात् असोज १९ र २० गते हुनेछन् भने केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम असोज २१ र २२ गते तोकिए ।
कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै ।

प्रवक्ता देवराज चालिसेका अनुसार यो कांग्रेसको इतिहासकै ठूलो महाधिवेशन हुने ।
यसपटकको अधिवेशनलाई नेतृत्व चयनसँगै नीति चयनको अधिवेशनका रूपमा अघि बढाउने प्रयास गरिने चालिसेको भनाइ ।
महाधिवेशनमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत दललाई निम्तो दिइएको छ भने भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट पनि पाहुना बोलाइएको जानकारी ।
प्रतिनिधिका लागि काठमाडौंका विभिन्न क्षेत्रमा होटल बुकिङ गरिएको छ भने खाना, स्वास्थ्य तथा यातायातको व्यवस्थासमेत मिलाइएको उल्लेख ।
महाधिवेशनस्थलमा ३० जना स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क र आकस्मिक सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा



