दशौं राष्ट्रिय खेलकुदका लागि कर्णालीमा ३२ खेलस्थल प्रस्ताव

१९ असोज ८३, सोमबार
Share this
673shares

१९ असोज , काठमाण्डौ ।

Advertisement

कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि विभिन्न ३२ खेलका प्रस्तावित खेलस्थल तय ।

मूल आयोजक समितिको बैठकले अधिकांश खेल सुर्खेतमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ भने कर्णालीका अन्य जिल्लासहित बाँकेको नेपालगन्जमा समेत केही खेल आयोजना गरिने ।

Advertisement

प्रस्तावअनुसार सुर्खेतमा एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराँते, बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, ई–स्पोट्र्स, स्क्वास, रग्बी, साइक्लिङ, तेक्वान्दो, भलिबल, उसुसहित २० खेल सञ्चालन गर्ने तयारी ।

प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा कर्णाली प्रादेशिक रंगशालालाई केन्द्रमा राखिने ।

Advertisement

शारीरिक सुगठन सुर्खेत र कालीकोट, जुडो सुर्खेत र जाजरकोट तथा जिम्न्यास्टिक सुर्खेत र दैलेखमा सञ्चालन गर्ने प्रस्ताव ।

भारोत्तोलन सुर्खेत र नेपालगन्ज तथा सेपाकताक्रो सुर्खेतको छिन्चुमा प्रस्तावित ।

त्यस्तै, टेबल टेनिस सल्यान, बुद्धिचाल दैलेख, खो–खो पश्चिम रुकुमको चौरजहारी तथा आर्चरी जुम्लामा आयोजना गर्ने प्रस्ताव छ भने सुटिङ, पौडी र टेनिस नेपालगन्जमा सञ्चालन गर्ने तयारी ।

पूर्वाधार, आवास र यातायात व्यवस्थापनलाई प्रतियोगिताको मुख्य चुनौती

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top