विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको बिदाइ

१९ असोज ८३, सोमबार
Share this
696shares

१९ असोज , काठमाण्डौ ।

Advertisement

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खला खेल्न ओमान जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीलाई गरे बिदाइ ।

Advertisement

बिदाइ समारोहमा क्यान अध्यक्ष चन्दले नेपाली खेलाडी पछिल्लो समय उच्च लयमा रहेकाले लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै टोलीलाई शुभकामना दिए।

उनले महत्वपूर्ण शृङ्खलामा नेपाली टोलीले अपेक्षित नतिजा ल्याउने विश्वाससमेत व्यक्त गरे।

Advertisement

लिग–२ अन्तर्गत नेपालले आयोजक ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

तालिकाअनुसार नेपालले असोज २५ गते क्यानडासँग पहिलो खेल खेल्नेछ।

त्यसपछि असोज २७ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले असोज ३१ गते क्यानडासँग दोस्रो तथा कात्तिक २ गते ओमानसँग दोस्रो खेल खेल्नेछ।

चार खेलको उक्त शृङ्खला नेपालका लागि निकै महत्वपूर्ण ।

लिग–२ मा प्राप्त हुने अंकले विश्वकप छनोटको दौडमा नेपालको स्थिति निर्धारण गर्नुका साथै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने अभियानमा समेत महत्वपूर्ण भूमिका खेल्ने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top