१९ असोज , काठमाण्डौ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी तीव्र रूपमा अघि बढाइदै ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री शाहले सन् २०२६ नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता भारत भ्रमण गर्ने गरी तयारी गरिएपनि भ्रमणको मिति भने अहिलेसम्म निश्चित भइसकेको छैन।

भ्रमणको तयारीस्वरूप नेपाल र भारतका परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको स्रोतको भनाइ ।
नेपालतर्फ परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयसँग छलफल गरी भारत भ्रमणका क्रममा उठाइने विषय तथा एजेन्डा संकलन गरिरहेको र सबै मन्त्रालयबाट एजेन्डा प्राप्त भएपछि भारतसँग थप छलफल गरिने तयारी ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रको पुनर्निर्माणलाई प्रमुख प्राथमिकता दिने तयारी ।
बाढीबाट भएको ठूलो जनधन तथा भौतिक क्षतिपछि पुनर्निर्माणमा भारतको सहयोग र सहकार्य जुटाउने विषयलाई भ्रमणको मुख्य एजेन्डा बन्ने ।



