१९ असोज, विराटनगर ।
नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको छ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध ।

सम्झौतापछि आबद्ध खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ । साथै, एक्सट्रीम इनर्जी ड्रिंकले सञ्चालन गर्ने विभिन्न प्रवद्र्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा पनि यी खेलाडीहरूको सहभागिता रहने छ ।
नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवापुस्तामा उनीहरूको प्रभावलाई ध्यानमा राख्दै गरिएको यस सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

नेपाली क्रिकेटको विकास र खेलाडीलाई प्रोत्साहन गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्न यस्तो सहकार्य महत्वपूर्ण हुने एक्सट्रीम इनर्जी ड्रिंकको भनाइ छ । एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)मा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना ७ टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान समेत सार्वजनिक गरेको छ ।
एनपीएलका सम्बन्धित टोलीको पहिचान र क्रिकेटप्रतिको समर्थकहरूको उत्साहलाई समेटेर तयार गरिएको विशेष संस्करणको क्यानले खेलाडी तथा समर्थकसँगको सम्बन्धलाई थप नजिक बनाउने कम्पनीको भनाइ ।
नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोशसँग आफूलाई जोड्दै आगामी दिनमा पनि क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने एक्सट्रीम इनर्जी ड्रिंकले प्रतिबद्धता जनाएको छ ।



