२० असोज , काठमाण्डौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इञ्जिनियर कृष्णनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर ।
एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगद्वारा यादवविरुद्ध मुद्दा दायर ।

आयोगका अनुसार यादवले विद्युत् लाइन जडान तथा त्यससँग सम्बन्धित काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेका थिए।
सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा आयोगको टोलीले यादवलाई केही समयअघि नियन्त्रणमा लिएको थियो।




