२० असोज , काठमाण्डौ ।
मोरङको पुरानो सदरमुकाम रंगेली बजारमा नवनिर्मित घण्टाघरको औपचारिक उद्घाटन ।
विभिन्न जातजाति, समुदाय र स्थानीय संस्कृति झल्किने गरी निर्माण गरिएको घण्टाघरको सोमबार साँझ एक कार्यक्रमबीच रंगेली नगरपालिकाका कार्यवाहक नगर प्रमुख भुमा पराजुलीले गरिने उद्घाटन।

पूर्व नगर प्रमुख दिलिप बगडिया, प्रमुख प्रशासकीय अधिकृत सृजना तिवारीसहित स्थानीयवासीको उपस्थितिमा कार्यवाहक नगर प्रमुख पराजुलीले रिबन काटेर घण्टाघरको उद्घाटन गरिन् ।
कार्यक्रममा पूर्व नगर प्रमुख बगडियाले घण्टाघरले रंगेलीको स्थानीय संस्कृति र पहिचानलाई प्रतिनिधित्व गर्ने भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउदै आफू नगर प्रमुख रहँदा घण्टाघर निर्माणको योजना अघि बढाइएको र कार्यवाहक नगर प्रमुख पराजुलीको नेतृत्वमा निर्माण सम्पन्न भएको दिए जानकारी ।

‘राम्रो रंगेली, हाम्रो रंगेली’ भन्ने नारासहित नगरको विकासमा आफूहरू अघि बढिरहेको कार्यवाहक नगर प्रमुख पराजुलीको भनाइ ।
घण्टाघरले रंगेलीको पहिचानलाई थप उचाइमा पु¥याउने नगरवासीको विश्वास ।



