अरनिको आवासीय माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२० असोज ८३, मंगलबार
Share this
737shares

२० असोज , काठमाण्डौ ।

Advertisement

विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न ।

Advertisement

विद्यार्थीमा नवीन ज्ञानको विकास तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले आयोजना गरेको प्रतियोगितामा २४० विद्यार्थी सहभागी ।

Advertisement

लिखित परीक्षाबाट उत्कृष्ट २१ विद्यार्थी छनोट गरी अन्तिम चरणको प्रतिस्पर्धा गराइएको विद्यालयको भनाइ ।

कडा प्रतिस्पर्धाबीच दिपास्ना अधिकारी, मिथिलेस यादव र जेनिसा खतिवडाको समूह १२५ अंकसहित प्रथम हुँदा ग्रीस खड्का, सरोज यादव र ऋषि गुप्ताको समूह द्वितीय तथा विराज यादव, अनमोल घिमिरे र कनक कायस्थको समूह तृतीय हुन सफल ।

विद्यालयका प्राचार्य राजेश कार्की तथा शिक्षकद्वय बाबुराम गुरागाईं र सञ्जय न्यौपानेद्वारा विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top