पशुपतिनाथ मन्दिरको सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न माग

२० असोज ८३, मंगलबार
Share this
797shares

२० असोज , काठमाण्डौ ।

Advertisement

पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न विश्व हिन्दु परिषद् नेपालले माग ।

परिषद्को मठ–मन्दिर, पुजारी, पुरोहित विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा पशुपतिनाथ मन्दिरमा परम्परादेखि हिन्दु धर्मावलम्बीबाहेक अन्यलाई गर्भगृह तथा मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको उल्लेख ।

Advertisement

यस्तो व्यवस्था कुनै समुदायप्रति विभेद गर्ने उद्देश्यले नभई मन्दिरको धार्मिक परम्परा, आस्था, संस्कार र विशिष्ट पूजा पद्धतिको संरक्षणका लागि कायम गरिएको परिषद्को भनाइ ।

तर पछिल्लो समय सार्वजनिक भएको एक भिडियोमा फरक दृश्य देखिएको भन्दै परिषद्द्धारा यसप्रति गम्भीर ध्यानाकर्षण ।

Advertisement

नेपालको संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता र सबै धर्म तथा समुदायप्रतिको सम्मानमा आफूहरू विश्वास गर्ने उल्लेख गर्दै परिषद्ले धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलमा प्रचलित नियम र परम्परा उल्लङ्घन गर्ने अधिकार नभएको जनायो ।

यस्तो घटनाले पशुपति क्षेत्र विकास कोषको सुरक्षा, अनुगमन तथा व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाएको परिषद्को भनाइ ।

यस्ता घटना दोहोरिन नदिन मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउन, सुरक्षा तथा अनुगमन प्रणाली कडाइ गर्न तथा दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुन तथा नियमअनुसार कारबाही गर्न माग ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top